• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव सरकार! तिम्रो सम्बन्धमा उठेका समसामयिक ५ प्रश्नहरु !

२०७७ भाद्र २४ गते बुधवार

१) गाउँपालिकामा अधिकृत तहको कर्मचारी हुँदाहुदै विगतमा स्वास्थ्य शाखा प्रमुख हुँदा बिवादित छवि बानाएका शाखा प्रमुखलाई नै निमित्त प्रशासकीय प्रमुख बनाउनुपर्ने भित्री रहस्य के हो?

२) गाउँपालिकामा शिक्षा समुहको अधिकृत छ्दैछन, नि.मा. तहको शिक्षकलाई काजमा राखेर शिक्षा शाखा प्रमुख बानएकाछौ रे! यदि यो सत्य हो भने, यो के तमासा गरेको?

३) प्राविधिक शाखा प्रमुखबाट स्थायी ईन्जिनियरलाई हटाएर आफैले करारमा राखेको ओभरसियरलाई शाखा प्रमुख बनाएको खबर सर्बत्र छ!यदि यो खबरमा सत्यता छ भने, यो के जग हसाई हो?

४) गत वर्षको पौष अन्तिमतिर २५ जना शिक्षकहरुको काज सरुवा गरेर यो वर्षको श्रावण नलाग्दै काज फिर्ता गरेछौ! यो सर्बथा असफल नाटकका नाटककार र निर्देशक को-को थिए? यो नाटकले दिनखोजेको मुल संदेश के हो?

५) आफू सवार हुने गाडी, घोडा र बजेट सम्याउने डोजर त रातारात खरिद गर्न सक्छौ! विरामी बोक्ने एउटा एम्बुलेन्स खरिद गर्न के ले रोकेको छ?

धैर्यतापुर्वक जावाफ दिने कोशिस् गर !

(यो लेखकको निजी बिचार हो। -सम्पादक ।)

प्रतिक्रिया दिनुहोस