मेरो नाम अमृत बहादुर वली हो । घर राेल्पाकाे राँक गाविसमा पर्छ । अहिलेसम्म मेरो गाउघरमा केन्द्रीय विद्युत पुगेको छैन र बाटो पनि हिउँदे सडक मात्रै पुगेको छ , यसबाट विकट र पिछडिएको छ भनेर अनुमान लगाउन सकिन्छ । म माध्यम कृषक परिवारमा जन्मेको घरको साहिलाे छाेरा हुँ । हामी ५ भाइ र एक बहिनी छाैँ । बुवाआमा हामी सँगै हुनुहुन्छ । आज मैले मेरो बुवाकाे सम्मानार्थ केही लेख्न गइरहेको छु। सायद धेरैको कहानी मेरो जस्तै छ हाेला । कसैको नमिल्न पनि सक्छ । बुवाकाे मुख हेर्ने दिनको अवसरमा बुवाप्रति यी शब्द भावले सम्झन चाहे भने सायद मनाेयुक्ती हाेला भन्ने ठानेको छु । मैले फेसबुक भित्तामा फाेटाे राखेर happy father’s day मात्रै लेखिरहन मन लागेन किनकि मेरो बुवाले फेसबुक चलाउनु हुदैन , माेबाइल बाेक्नु हुदैन । उहाँ त डाेका नाम्लो , घाँस , दाउरा, स्याउला भकाराे सफाइ तिर ब्यस्त हुनुहुन्छ ।
म सानोमा छँदा मैले बुवाबाट पाएका प्रेरणा , ज्ञान , हाैसला , साहस जस्ता धेरै कुराहरू छन् । म पनि बुवासँगै बाख्रा चराउन (ग्वाला) जान्थे । त्यतिबेला नजिकै जंगलहरुमा बाघ पाइन्थ्यो बाख्रा खाने गर्थ्याे र बुवाले मेरो स्याँउ (चाेयाकाे घुम ) बाेकिदिनुहन्थ्याे । बाघको डर मान्छ भनेर गाइबाख्राकाे बिचमा रहेर वरपर हेरचाह गर भनेर अह्राउनुहुन्थ्याे । बुवाले हामीलाई सायद पहिलोपटक हुनुपर्छ , गाउँ बाट ताप्ला बजारमा भाले लगेर बेचेर प्लास्टिकको बुट र सुन्तला चकलेट ल्याउनु भएको थियो । त्यतिखेर म करिब ५/६ वर्ष र दाईहरु १०/११ वर्षका हुनुहुन्थ्यो । मलाई लाग्यो , भाले लगेर कसरी मिठाे चिज र खुट्टामा लगाउने चिज ल्याउनु भयो, अचम्मित भएँ । कुन बारीमा कसरी यस्ता नयाँ कुरा उत्पादन हुन्छन् भन्ने लाग्यो । मलाई अर्को ज्ञानवर्द्धक र समानता लागेको कुरा , “मेरा पाँच भाइ छाेरा छन् यिनीहरूलाई आँखाे देखाउन ५/५ कक्षासम्म पढाउने हुँ भन्नुहुन्थ्यो । किनकि छाेरा बराबर हुन , पाँच ओैँला काटे सबैको रगत आउँछ । तर म बुवाकाे यो सिद्धान्तको बिपरित भएँ । माफ पाउँ बुवा तपाईंको मुख नहेरीकन भए पनि घरदेखि टाढैबाट यो जिद्दी छाेरा क्षमा चाहन्छ । बुवाले किताबी अक्षर पढ्नुभएकाे थिएन तर पहिलो दिन मेरालागि गुरु बनिदिनु भयाे । मलाई पढ्न धेरै रुचि लागेर ४/५ दिन काठको कालाेपाटी लगेर बाख्रे ग्वाला गइरहेकाे थिएँ । मलाई पाटी बाेक्दा मात्रै पनि विद्वान हुँ लाग्ने गर्थ्याे ।
मेरो बुवाले पाटीमा क ख ग गरि ३ वटा अक्षर लेखिदिनु भएको थियो । मलाई लाग्थ्यो पढ्ने भनेको यि तिनवटा अक्षर रहेछन् । एकदिन मेरो जेठाे दाईलाई साेधे, दाइ कखग मैले पढिसके तपाईं स्कुल के पढ्न जानुहुन्छ ? दाइले क देखि ज्ञ सम्म हुन्छन भनेर लेखिदिनु भयो त्यसपछि बाह्र मात्रा र अंक दुना सकाएपछि दुई कक्षामा भर्ना भएको थिएँ । मेरो पहिलो गुरु बुवा नै हुनुहुन्छ । म जिद्दी वाला जन्मिएको बुवालाई कसरी थाहा हुन्थ्यो र , बुवाले कक्षा ५ भन्दा बढी नपढाउने भन्दाभन्दै कक्षा ६ पढ्न भागेर स्कुल भर्ना हुन गए । कक्षा ८ पढे , एसएलसी दिने भइसके । म एसएलसी दिन घरबाट जाँदा बुवाले एक महिनाको ट्युसन खर्च र खाना खर्च रु ३००० दिनुभएको थियोे । भनिन्छ नि, गरिबको पैसा हुदैन भए पनि राख्ने गाेजी हुदैन , ट्युसन पढ्ने कक्षामा मेराे पाइन्टकाे पछाडिको गाेजीबाट कसैले त्यो ३००० रुपैयाँ चाेरिदियाे । म रुँदै घर पुगे अनि बुवाले मलाई किन भनेर साेध्नुभयाे, मैले पैसा हराएको कुरा बुवासामु राखे । सायद मेरो पढ्ने इच्छा यत्तिकै अन्त्य हुन्छ हाेला । मेरो पढ्ने इच्छा कतिखेर अन्त्य हुन्छ भन्ने पत्तो हुदैन थियोे । गाउघरमा सानो कक्षामा छँदा जबर्जस्त रुपमा पढ्न नपाइ स्कुल नछाडे पनि दिनभर घरको काम गरेर, स्कुल नगइ रातभर पढ्न सकिन्थ्यो तर एसएलसी पढ्न घरबाहिर जानुपर्ने, पैसा लाग्ने र बुवाले दिएको पैसा पनि बदमासी साथीले चाेरिदियाे । अफसाेँच, त्यो बेला जिन्दगीमा बुवाले दिएको हाैसला अहिले पनि सम्झना लायक छ बेलाबेलामा सम्झिरहन्छु मनमनै ढाेगिरहन्छु । भैंसीकाे हिलाेमा लत्पत्तिएकाे मेरो बुवाले मलाई जाेसिलाे रुपमा भन्नुभएको थियोे ” मर्द रुन्छन, नामर्द हो रुने त , पैसा हराए के भाे त म ३०००रुपैयाँ ऐचाेपैँचाे कारेर भए पनि दिन्छु , जा राम्रोसँग पढेर परिक्षा दे !” बेलाबेला मलाई यो ओैषधीकाे खुराक बनेर यी शब्द आइरहन्छन् । बुवा लगायत हामी सबैकाे पेसा कृषि थियो । बुवाले १४ वटा भैंसी , १९ वटा गाइगाेरु र २३ वटा बाख्रा पाल्नुभएकाे थियोे । बुवाले त्यतिखेर बढी गाइवस्तु पालेका कारण क वर्गकाे रुपमा माओवादीलाई कर बुझाउने , एक सराे कपडा ज्युँमा भिरेर वर्षातकाे पानीमा निर्थुक्क भिज्ने, हिउँदमा कठिङ्ग्रे जाडोमा बिहानदेखि रातिसम्म कृषि बस्तुभाउमा खटिने , रातमा मही बनाउँदा बनाउँदै सुतिदिने , भैसीकाे भकाराेमै पाडाहरुकाे स्याहार गर्दै रात बित्ने जस्ता कठिन कार्य गरेको मेरै आँखाले देखेकाले बुवाबाट पाएकाे सबैभन्दा ठुलाे शिक्षा यहीँ हो जस्तो लाग्छ । मेरो बुवा निम्न वर्गको देखिनुहुन्थ्याे र हुनुहुन्छ कहिल्यै रक्सी, जुवातास खेल्नुभएन् तर भित्री हृदय फरक छ। मेरो घरमा कालापार (उहिलेकाे विदेश) जाने भाडा लिन काेट पाइन्ट लिएका मानिसहरू आउथे , सुकुला मुकुला मान्छेहरू अन्न बेसाउन आउथे, काेहि घ्यू लिन आउथे । घ्यू प्रतिकिलो ४०/५० रुपैयाँ थियो तर दही महि निशुल्क गाउँमा बाँडिदिन्थ्याैँ । हाम्रो बारीमा आलु पनि धेरै हुन्थ्यो र गाउँमा बाँड्थ्याैँ । कसैलाई केही समस्या पर्दा मेरो बुवाकहाँ सहयोग माग्न आउथे । यी कुराहरू मनन गर्दा मेरो बुवा धनकाे नभए पनि मनको धनी हुनुहुन्छ र महान हुनुहुन्छ ।
बुवाले सुनाएका दुई महत्त्वपूर्ण यी कुरा : मेरो जिजुबाजे काेइलाबास नुन ल्याउन जाँदा काेदालाे र बन्चरो लगेर जानुहुन्थ्याे रे, किनभने जिजु बाटो बनाउँदै जाने र आउने गर्नुहुन्थ्यो रे । अरुमान्छे हरुलाइ काेइलाबास यात्रा १५/२० दिन लाग्थ्यो भने मेरो जिजुलाई तीन गुना बढी लाग्थ्यो रे । यो कहानी बुवाले रमाइलोकाे रुपमा सुनाएपनि मेरालागि प्रेरणा र हाैसला भएको छ । त्यस्तै, जन्म कुण्डली, नाम हेराउँदा जैसि ज्याेतिष मेरो ठुलाेबुवा ज्युँ भन्नुभएको रे- ” यो २/३ वर्षमा बाँच्न गाह्रो छ यदि बाँच्याे भने राजाको सिन्दुर पहिरहनेछ ” भनेर चिटामा लेखिएको छ भन्नुभएको रे । यो पनि मेरालागि बुवाले दिएको दिव्याेदेश हो जस्तो लागिरहेको छ । मैले बुवाकै प्रेरणाले गर्दा कख र ग ३ अक्षरबाट सुरु गरि डिग्री सम्मको अध्ययन गरियाे र हामी धेरै जना जागिरे पनि भयौं । हामी ५ भाइ कालापार र विदेश कतै गएका छैनौं । बुवा अहिले ७२ वर्षको भएपनि पुरानो पेशा छाड्नु भएको छैन । हामी उहाँलाई बेलाबेलामा सघाइरहेका छाैँ । जन्मभूमिमा दस नाङ्ग्रा र भएको दिमाग खर्च गरेर नै पछाडिको पुस्ताले सुख पाउँछ भन्ने मान्यताका साथै पहरेदार भएर आफ्नो ठाउँबाट परिश्रम गरिरहेका छाैँ । बुवाले हामीलाई यहीँ सिकाउनु भएको छ र हामीले यहीँ सिकाउनु छ।
अन्त्यमा , मेरो बुवा लगायत मुलुकभरका सम्पुर्ण बुवाहरु लाई बुवाकाे मुख हेर्ने दिनको पुनः शुभकामना दिन चाहन्छु र हामीले बुवाकाे याेगदान तथा बुवाप्रतिकाे हाम्रो कर्तव्य कहिल्यै भुल्न हुदैन भन्ने सन्देश दिन चाहन्छ ।


