आज विज्ञानको झेण्डा संसारभर उडान भइरहेको छ। जीवन र विज्ञान एक अर्काको विकल्प बनेको छ। मानव विज्ञानले विज्ञानको माध्यमबाट प्रचण्ड शक्ति प्राप्त गरेको छ।आज मानिस विज्ञानको सहयोगमा चरा जस्तो आकाशमा उड्न सक्छ। गहिरो गहिरो पानीमा सास फेर्न सक्छ। केही घण्टामा पहाडहरू र धेरै माईलहरूको दूरी पार गर्न सक्दछ।
विज्ञानको सहयोगमा मानिस चिकित्सा, सूचना प्रविधि कृषि क्रान्ति, अन्तरिक्ष विज्ञान, वाहन जस्ता धेरै ठूला क्षेत्रमा सफल भएको छ।विज्ञानले ईन्धन, कम्प्युटर, मोबाइल, रोबोट, हवाई जहाज, गाडी मोटर जस्ता उपकरणहरू धेरै अनौंठो स्रोतहरू प्रदान गरेकोले जीवनलाई धेरै सरल र समृद्ध बनाएको छ। हामी विज्ञान बुझ्नेहरू धर्मअनुसार टाढा हुन खोज्यौँ। विज्ञान र धर्मलाई विपरीत ध्रुवमा राखेर हेर्यौ।
विज्ञान धर्म विरोधी हो र धर्म विज्ञान विरोधी हो भन्ने बुज्यौ तर हामीले विज्ञान र धर्मबीचको समानता र सम्बन्ध खोज्न चाहेनौँ। हामीले अध्यात्म पनि विज्ञान हो भनेर बुझाउन सकेनौँ । हामीले विद्यार्थीलाई दशैँ, ल्होसार, पूर्णिमा, औँशी, एकादशी, इद, क्रिसमस डे आदिमा लुकेको विज्ञान खोज्न दिएनौँ । हामीले तुलसी, पिपल, कुश, शालिग्राम आदिमा लुकेको विज्ञान खोज्न लाएनौँ । साउने संक्रान्तिमा लुतो किन फालिन्छ भनेर हामीले कहिल्यै प्रश्न गरेनौँ । हामीले सजिलो जवाफ रोज्यौँ, पुर्खाले मनाउन सुरु गरे र हामीले पनि मनाइदियौँ।
धेरै धर्महरूको एउटै सार छ, जीव हत्या नगर तर हामीले विद्यार्थीहरूलाई जीव हत्याले पारिस्थितिक प्रणालीमा असर पर्छ भनेर बुझाउन सके कुनै पनि जनावरलाई जानीजानी कसैले हत्या गरेर नमार्न सक्छ कि ?हामीले विज्ञानलाई परीक्षाको घेराभित्र मात्र कैद गरिदियौँ । हामीले विज्ञानलाई अंकको तुलनामा र सुत्रमा मात्र सीमित गरिदियौँ । विज्ञान सोच्ने शैली हो भन्ने हामीले बिर्सियौँ।
विज्ञान लोकतान्त्रिक चेतना हो भन्ने कुरा हामीले बुझेनौँ । संसारका सबै मानिसमा वैज्ञानिक चेतना नआएसम्म संसार सुन्दर र विकसित हुन सक्दैन भन्ने हामीले बुझेनौँ । जुनसुकै जात, धर्म, सम्प्रदायको भए पनि प्रत्येक मानिसको होमो सेपियन एउटै हो भनेर बुझाउन सके नेपाली युवा वर्गहरूले वैज्ञानिक लोकतन्त्रमा समाज परिवर्तन गर्न सक्छन। मानिस पनि जनावर जगतमा र गँड्यौला पनि जनावर जगतमा भनेर हृदयदेखि नै बुझ्न सके एउटा बालकले गँड्यौलाको पनि सम्मान गर्न सक्छ।
पृथ्वीमा मेरो जत्ति नै अधिकार र स्वामित्व गँड्यौलाको पनि छ भनेर बुझ्न सक्छ। सूचना र सञ्चार प्रविधिको प्रयोग गरेर मात्र विज्ञान बुझाउन सकिन्छ भन्नु भन्दा विज्ञान बुझाउनु भनेको एउटा विद्यार्थीलाई परीक्षामा राम्रो अंक ल्याएर पास गराउनु मात्र होइन । विज्ञान बुझाउनु भनेको प्रयोगबाट मात्र कुनै कुरामा विश्वास र प्रत्येक वस्तु र घटनाप्रति प्रश्न गर्दै नयाँ कुराको खोज अविस्कारमा ल्याउनु हो । आज विज्ञानले यस्ता धेरै विद्युतीय उपकरणहरू प्रदान गर्दछ जसले मानव कार्यलाई अझ सजिलो बनाएको छ।
विज्ञानले गरेका यी सबै आविष्कारहरू मानिसका लागि वरदान साबित भएका छन्। मानिस दिनदिनै कडा परिश्रम गरेर सफल हुन चाहन्छ तर यस कडा परिश्रम पछि सबै मानिसलाई खबर को लागि मिडिया समाचार र मनोरन्जनको लागि रेडियो टिभी, सिनेमा, र कम्प्युटर इन्टरनेट भिडियो कलिंग को माध्यम बाट विज्ञानको चौतारीमा हामी टाढा बसेर पनि आफन्तहरु संग आमनेसामने कुरा, छलफल चर्चा परिचर्चा गर्न सक्छौं। चिकित्सा क्षत्र मा पनि विज्ञान यति धेरै उन्नत भएको छ कि धेरै रोगहरू जुन उपचार गर्न सम्भव थिएन अब सम्भव छ।
आज विज्ञानको सहयोग ले चिकित्सा र औषधि यति विकसित छ कि विश्व व्यापी माहामारीको रुपमा फैलीयको कोरोना भाइरस जस्ता हरेक खतरनाक रोग पनि निर्मुल पार्न सकिन्छ भनेर विज्ञानले स्पस्ट पारेको छ र अहिले कृषि एक धेरै विकसित क्षेत्र भएको छ उही समयमा, साना र कुटीर उद्योगहरूमा, विज्ञानको सहयोगमा पर्याप्त विकास भएको छ।विज्ञान पूर्णतया मानिसहरुमा निर्भर छ, त्यसैले मानिसहरुले यो कहिले र कसरी प्रयोग गर्ने सोच्नु पर्छ र विज्ञान प्रविधि को सहि सदुपयोग गर्नु नै आजको आवश्यकता हो ।
विज्ञानले हरेक नयाँ अनुसन्धानको साथ मानव जीवन सरल बनाउँछ। आज विज्ञानको बढ्दो चौबाटो विकासको कारण, मानव संसारको हरेक क्षेत्रमा देखा पर्दै छन्। मानिसहरूले पृथ्वीमा उपलब्ध सबै नियन्त्रणमा राखेका छन्। विज्ञानको बढ्दो विकासका कारण मानव जाति चन्द्रमाबाट मंगल ग्रहसम्म पुग्न सक्षम भएका छन।