• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्याजको भाउ एकै दिन १५ रुपैयाँले बढ्यो

काठमाडौ २०७७ भाद्र ३० गते मङ्गलवार

भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। अब पाउडरबाहेक ताजा प्याज निर्यात गर्न पाइने छैन।

वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गरेर प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ।

सरकारले घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको हो। अहिले दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ। गएको डिसेम्बेरमा प्याजको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको थियो।

यो प्रतिबन्धले बैङ्लोर र कृष्णपुरममा उत्पादन हुने प्याजलाई पनि समेटेको छ। त्यहाँको प्याज आकार र स्वादका कारण भान्सामा प्रयोग गरिँदैन। तर, थाइल्याण्ड, सिंगापुर, श्रीलंका लगायत देशमा निर्यात गरिने इन्डियन एक्सप्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस