• एउटै दृष्टि, भिन्न कोण
  • Search

शिक्षक नियुक्ति गर्दा पैसा खानेहरु, महामारीमा विद्यालय खोलेर नाटक गर्दैछन्!

बाँके २०७७ असोज १२ गते सोमवार

धेरै स्थानीय तहले स्कुलहरु खोल्ने मिति तोकेका छन्। तपाईंहरुलाई लागेको होला – यो विद्यार्थीको चिन्ताले आतिएका हुन्। कदापि होइन। यो नाटक मात्रै हो। विद्यार्थीको चिन्ता हुनेले शिक्षक नियुक्ति गर्दा पैसा खाएर सबैभन्दा कमजोरलाई नियुक्त गर्छन् र?अब एक दुई दिनमा हेर्दै जानूस मास्क र सेनिटाइजर बिद्यालयलाई हस्तान्तरण भनेर अधिकांश स्थानीय तहबाट फोटो पोस्ट गर्छन अनि करोडौं रकम झ्वाम पार्छन्। नत्र सबैभन्दा बढी वडा अनि जनसंख्या भएको रोल्पा नगरपालिकाको कोरोना नियन्त्रणमा लागेको खर्च ५० लाख मात्रै आउँदा रोल्पाका अरु धेरै स्थानीय तहको खर्च किन करोड भन्दा माथी आयो ?

https://www.facebook.com/kamalraj.oli.3/posts/1767662333381479

उज्यालो टाइम्सको “संजाल टाइम्स”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

प्रतिक्रिया दिनुहोस