• एउटै दृष्टि, भिन्न कोण
  • Search

भावविह्वल थिएँ, घाँटीमा हिक्का छुटेको थियो …

सल्यान २०८० फाल्गुन ३ गते बिहिवार

म भावनाको पोखरीबाट तैरिन प्रयास सार्वजनिक ठाउँमा भन्दा एकान्तमा धेरै आँशु बगाउँन मन पर्छ तर आज माइक समाएर सार्बजनिक मञ्चमा आसु धाराले भिजे झै भिजे मात्र होईन, भावनाको पाेखरीमा डुबेर मैले आफ्ना भावना र बिचारहरु सहि तरिकाले ब्यक्त गर्न सकिन, हाेला मेरा शब्दहरु नै बुझिएनन, मेरा बाक्यहरु नै स्पष्ट भएनन हाेला । यसमा त्यहाँ उपस्थित शहिद परिवार देखि पार्टी र सरकार तथा आदरनिय ब्यक्तियाे जनसमुदाय सबैमा म क्षमा चाहन्छु ।

सन्दर्भ २९ औं जनयुध्द दिवसको थियो । त्यस अवसरमा राेल्पा जिल्ला काे सिमान सल्यान जिल्लाकाे बागचाैर नगरपालिका स्थिति शहिद स्मृति प्रतिस्ठान प्लाटुनचाैर को तर्फबाट यस नगरपालिका वडा न,९ अन्तरगतका शहिद परिवारको सम्मान कार्यक्रम र “प्लाटुनचाैर काे जनवादी मेला” को थियो । यो बागचाैर नगरपालिका वार्ड नं. ९ प्लाटुनचाैर को शहिद स्मारक अगाडी थियो । जुन स्मारकमा ६ जना शहिदहरुको मुर्ति( स्तम्भ) राखिएको छ । कार्यक्रम मा प्रवेश गर्दैगर्दा मलाई त्यो भूगोलले २२/२५ वर्ष अघिका युद्वकालीन सेल्टर, प्रशिक्षण, जनसमुदाय, हाम्रा प्लाटुन, त्यसका फूल र जुन जस्ता छापामार योध्दाहरु परेट खेलेकाे ठाउँ नयाँ नेपालको निर्माण गर्ने उद्देश्यले शहिद भैसकेका । तिनै फूल र जुन जस्ता वीर विरंगनाहरुको संझना यति बेजोडले आयो कि अनियन्त्रीत भावनाले स्मारक वरिपरि घुम्दै शहिदहरुका नाम हेर्दै आँषु पिएर एक्लै बसेका मान्छे हामि कार्यक्रम । ग्राउण्डमा शहिदकाआफन्त सिउँदो फुलेका बुढा बाबा-आमा, अंकल-अन्टी वा कलिला छोरा भतिजा थाेरै समयमा पनि धेरैको जनसमुदायको उपस्थिती देखिन्थ्याे ।

“जनयूद्व दिवस मेला” नाम दिईएको फाल्गुण १ को जनयुद्व दिवसमा शहिद परिवारको यो स्थितिले माथि बताईएको मेरो अनियन्त्रीत भावनालाई कर्णाली को भेल बाढीमा धकेली दियो । “माओवादी र जनयुद्व वा जनयुद्वका दिवस र कार्यक्रमहरु जनताको उपस्थितिमा यति बोझिलो हुन पुगेछ भन्ने ठूलो भ्रम पैदा हुनसक्छ र शहिदका आफन्तहरु नितान्त टुहुरा जस्ता देखें । म भित्र भावनाको बाढी पहिरो गयो । छाती फोडेर मुटु बाहीर निस्केला जस्तै गाह्रो भयो म बोल्न भन्दा आँशुले रुझ्न मञ्चमा उभिए जस्तो भएँ । शहिद परिवारहरु यस्ता जनता विहीन सम्मान लिने ठाउँमा आफु एक्लै दया लाग्दा टुहुरा देखिनुमा , आज जुन हालतमा प्रस्तुत भएँ त्यसका पछाडीको तथ्य यहि मनोविज्ञानले रोल खेलेको थियो । तर अन्तिममा जनता दर्जनौं झाँकी र नाचगान लिएर शहिद परिवारको साथ र सम्मानमा उर्लिएर आयो । मन शान्त र प्रफुल्लित भयो ।

काठमाण्डौं बिग्रीए पनि हिजाे काे आधार ईलाका सुरक्षित छ, सहि छ केहि नेता बिग्रीए पनि जनता अडिग छ, महान छ, फलामे किल्ला छ । महान जनयुद्व जिन्दावाद ! देशै भरिका महान शहिद परिवार, पार्टी कार्यकर्ता वा आम जनसमुदायमा २९ औं जनयूद्व दिवसको शुभकामना सगै यस कार्यक्रम भब्य रूपले सफल पार्न आर्थिकसामाजिक रूपमा सहयाेगी सहयात्री महान अग्रज हरू भाेकै प्यासै रातदिन नभनेर कार्यक्रमा खटिने सम्पूर्ण मेरा प्रिय आदरनिय र मेरा आफ्नत मित्र मा हार्दिक आभार ब्यक्त गर्दै सत्य काे पक्षमा आफ्नो प्राण रहुन्जेल लडिरहने प्रतिज्ञया गर्दै खराबी प्रबृद्विका बिरूद्वमा एकता भै लडन अनुराेध गर्दै मेलामा सहभागीलाई सबैलाई हार्दिक बधाई छ, सन्तुस्टि नहुन सक्छ सन्तुस्टि हनुहाेला सकरात्मक सल्लाह सुझाबलाई मनन गर्दै निरन्तर अघि बडिरहने छाै , सम्पूर्ण खेलमा सहभागी र बिजय हुने सबैलाई हार्दिक बधाई छ ।

                                           
नेपाल फ्युजनको “ फ्युजन संजालमा ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

प्रतिक्रिया दिनुहोस