धन्न अहिले फेसवुक छ। सबैले चलाउन जानेका छन । भनेर भएन ? झगडा गरेर भएन भने एउटा पोष्ट हाल्दियो काम तमाम । कार्यालयले पनि कुन बेला कसले, जानेर हाल्देला कि नजानेर भन्ने तनाव । फेरि राम्रो कुरा भाइरल हुदैन, अरु भए गालि र सेयरको बाढि आउछ ।
हुन त त्यो फोटो ताजा हो या होइन मलाइ जानकारि छैन तर हाम्रो मालश्रि रेडियोले Radio Malashree FM 100.5MHz नै हालेसि होला नै लाग्यो (आजकल मालश्री अनलाइन समाचार राख्न हतार गरेर रमाइलो गरिरहेको जस्तो लाग्छ, जसको बारेमा मैले उनिहरुलाइ पनि भनेको छु, म आफै पनि केहि बर्ष योगदान गरेको संस्था हो मालश्रि) । अस्पतालमा पनि फोटो साचो हो कि झुटो भनेर सोधेको छैन । कारण फोटो खिच्ने व्यक्तिको कमेन्ट वाल हेरेर होला नै भने । फेरि अलिक व्यस्त यात्रामा भएकोले सोध्ने फुर्सद र नेट नै भएन ।
अरुतिर थाहा भएन यता ओैरिकातिर चाहि कार्यालय सहयोगि भन्ने म देख्दिन । जसले देख्छ उसले सफा गर्छ । म Lowes भन्ने संस्थामा काम गर्दा Cashier थिए तर फोहर देखे सफा गर्ने र मोप (पोछा) लाउने काम गरियो ।यो तिस दशक पुग्नै लाग्दा पहिलोपटक मोप गरियो । ७५-८० बर्षका बुढा बा आमा काम गर्दै हात कमाउदै आफ्नो काम गर्छन यस्तै । एकदिन मैले सोधे म सहयोग गरौ ? उसले नाइ यति त गरिहाल्छु भन्यो अनि यसरि सहयोग लिन लागेसि अल्छि भइन्छ भन्यो । यता फोर्सतिर पनि कमाण्डरको कोठा सफा गर्ने कोहि हुदैन उसले आफैले गर्छ । आफ्नो अगाडि फोहोर देख्दा उठाउछन जान्छन सकियो । यति भनिरहदा हाकिम नै गएर गर्नुपर्छ भन्ने हैन । हामिकहा संस्कार बसेको छैन युरोप अमेरिका झै । हामिलाइ लाज लाग्छ । म आफै बैकंको प्रमुख रहेर नेपालमा काम गर्दा कार्यालय सफाको जिम्मा कार्यालय सहयोगिलाइ नै हुन्थ्यो । र फोहर देख्दा सफा गर्नु भनिन्थ्यो र गर्थे पनि ।
अब कुरा गरौ रोल्पा अस्पतालको । फोहरको अवस्था हेर्दा पहिलेदेखि यस्तै रहेछ भन्ने लाग्छ । त्यो शौचालय अस्पतालको स्टाफले प्रयोग गर्छन होला कि नाई ? केहि महिना अगाडि भागबण्डामा अध्यक्ष पाउनुभएका दाजु Sher Bahadur Thapa (अस्पतालको अध्यक्ष सधै भाषगबण्डामै नियुक्त हुने चलन छ) बाट अस्पताल तिरको फोटो त देखिराको हुन्छौ तर फुर्सद नभएर अनुगमण नगरेको अझ भनौ दाजैलाइ ठ्याक्कै हस्पिटल जादा पिसाव दिसा नलाको हुन सक्छ त्यो देख्नलाइ । लागेपनि सफा शौचालय तिर कुदेको हुन सक्छन दाजै । अनि अस्पतालमा दैनिक जाने सेवाग्राहिहरुले सफा भएन भनेर गुनासो गरे होलान कि नाई ? यदि गरेका भए अहिलेसम्म किन सफा गरिएन । कर्मचारि भएनन ? का.सले सफा गर्न मानेनन् ? सफा गर्ने सरसमान भएन ? यसरि सामाजिक संजालमा नै आउनुपर्ने ? रहर कि बाध्यता ? यि त मेरा मनमा लाको कुरा मात्र भए आन्तरिक कुरा अस्पताल प्रशासनले नै जानोस ।
थापा दाजुले काङ्ग्रेसको गुनगानवाला पोष्ट हाल्नु हुन्छ । अरु जिवन उपदेशका कुरा हाल्नु हुन्छ । राम्रै लाग्छ । अरु त पार्टि नै होइनन जस्तो हुन्छ उहाका कुरा हेर्दा । हस्पिटलको अपडेट कहिलेकाहि आए ओहो यस्तो भएछ भन्ने हुन्थ्यो । हामि परदेशमा बस्नेहरुको सुचना नै यहि त हो । अहिले हस्पिटलको फेसवुक आइडिमा रेगुलर अपडेट आइरहेको हुन्छ जुन सकारात्मक हो । म चाहन्थे यो शौचालयको फोटो दाजु आफैले हालेर ओहो ! यस्तो अवस्था रहेछ अब सुधारमा छौ है भनेर अर्कोपटक चिटिक्क टल्केको फोटो आओस । हुन त सबैको देखाएरै काम गर्छु भन्ने हुदैन कहिलेकाहि विग सर्पराइज नि आउन सक्छ । खैर सफा हुन पर्ने चिज सफा नै रहनुपर्छ । धेरै राम्रा कुराहरु केहि नराम्राले सधै ओझेलमा बनाउछन । कतिबेला कताबाट प्रहार हुन्छ थाहा नै हुदैन । काम गर्दै जानुस तर हेर्दा सामान्य लागेपनि ज्यान खाने समस्या आउन नदिनुस । माइनर कुरा नै यसरि आएसि मेजर त अत्तोपत्तो हुदैन नि ?
यति धेरै लेखेर चित्त कसैको दुखाउन मन छैन । देश छोडेर हिडेपछि लेख्दिन भन्छु तर यस्ता कुराहरु देखेसि मनले फिटिक्कै नमान्दो रहेछ । नेपाल रहदा अस्पतालसंग नजिक रहेर निकै काम गरियो आफै व्यस्त रहदा पनि प्रत्यक्ष होस या अप्रत्यक्ष । संझनेहरुले अहिलेपनि संझन् हुन्छ अव विर्सनेलाइ किन विर्सियौ भन्न सकिदैन र सधै संझिरहनुपर्छ भन्ने पनि छैन । हामि त बाहिर बसेर यस्तो किन भयो यो हुदैन यसरि गर्नुस भनेर भनौला । समाजसेवि र वुद्दिजिवि त अहिले सस्तो भइसक्यो सहिद घोषणा जस्तो । त्यहि संझेलान कतिले अनि कतिले संझिसकेको पनि होलान । त्यस्तै गर्नुपर्छ भन्नेछैन ।यति लामो लेखेर भन्नु नै आफ्नो जिम्मेवारि नभुलौ भन्ने हो ।
नेपाल फ्युजनको “ फ्युजन संजालमा ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक