गंगादेब गाउपालिका रोल्पाले ल्याएको शिक्षा नियमावली २०८० मा व्यापक असन्तुष्टि सामाजिक संजालमा देखिएको छ। मस्यौदामा सुझाव संकलन नगरि, जनप्रतिनिधि तहमा सामान्य छलफल समेत नगरि गाउसभाबाट पास भएको उक्त नियमावलीमा बिद्यालय ब्यवस्थापन समिति गठन प्रकियाको ब्यवस्थामा व्यापक असन्तुष्टि देखिएको हो ।
गाउपालिकाले पास गरेको शिक्षा नियमावलीमा वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको ब्यक्ति अध्यक्ष हुने ब्यवस्था गरिएको छ। सिद्दर्थ नमुना माद्यामिक बिद्यालय घोप्टेओढारका अध्यक्ष कुलबहादुर गरुङ्ले २०८० वैशाख ८ गतेको गाउँ सभाद्वारा पारित गंगादेवको शिक्षा नितिको वि.व्य.स गठन प्रक्रिया नेपाल सरकारको शिक्षा ऎन संग बाझिएकोले सच्याउन आग्रह गरेका छन ।
उनले भनेका छन “यस्तो बाझिने नितिले आफैलाई कम्जोर बनाउने छ । स्थानिय सरकारमा रहेका वहालवाला जनप्रतिनिधिहरु विद्यालय व्यस्थापन समितीका अनुगमन कर्ता हुन ! शिक्षा ऎनले जनप्रतिनिधिहरु पनि प्रक्रिया पुर्याएर वि.व्य.स.को कुनैपनि जिम्मेवारी पदमा बस्न बाटो खुल्ला हुँदाहुँदै अभिभावकको भुमिकालाई निस्तेज गर्दै वि.व्य.स.को अध्यक्ष पद माथी हस्तक्षेप गर्नकैलागी स्थानिय स्तरमा बनाइएका यस्ता खाले बाझिने नितिहरु स्वत: खारेजी युक्त छन।”
२०७९ चैत्र २१-२२ मा सम्पन्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको घोषणा पत्रले स्थानीय स्तरमा जनप्रतिनिधिहरु हस्तक्षेप गरेर सिधै वि.व्य.स. अध्यक्ष बन्ने (शिक्षा ऎन विपरीत) स्थानियतहका नीति खारेज गर्न भनेको छ, उनले स्मरण गराएका छन
गंगादेब गाउँपालीकाको बिध्येक समितिले बनाएको बिधालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुनेगरि बनाएको कार्यबिधी सघिय शिक्षा ऐन बिपरित भएको बताएका छन, साथै ऐनमा त्रुटि रहेको बुदा न (घ) समेत हाराएको गाउपालिका अध्यक्षका प्रत्यासी रोशन कुमार वली बताएका छन ।
सचेत यूवाहरुले गाउपालिका अध्यक्षको योग्यता र क्षमतामा प्रश्न उठाएका छन। वडा अध्यक्ष नै बिव्यस अध्यक्ष बनाउने ब्यवस्था गर्न सल्लाह दिने सल्लाहकाको क्षमतामा समेत संका गर्दै अन्य पालिकाको ड्राफ्टमा पालिकाको नाम मात्र परिवर्तन गर्दा त्रुटी भएको समेत हुनसक्ने सामाजिक संजालमा अनुमान लगाएका छन ।
गाउपालिकाले यस बिषयमा कुनै प्रतिक्रिया दिएको छैन। गंगादेब गाउपालिका रोल्पामा नेपाली काँग्रेस नेतृत्वको बहुमत स्थानिय सरकार छ।