• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव सरकार! तिम्रो लागि समसामयिक ५ प्रश्न (दोस्रो खण्ड)

राेल्पा २०७७ असोज १४ गते बुधवार

स्थानीय काेमल वलीले गंगादेव गाउँपालिका राेल्पाका जनप्रतिनिधिलाई केही प्रश्नहरु गरेका छन् ।

घरधुरीलाई १/१ सेट सोलार बत्ति आशा परियोजनाको सहयोगमा निशुल्क बितरण गर्नु त जनहितमै होला! बजारमा रु ९००० मूल्य पर्ने सोलारलाई रु १५००० मुल्यको बनाएर जनताबाट उठाईएको प्रति सेट रु३१००को नालिवेली चाहिँ के?

२) बिगतमा सल्यानको बागचौर नगरपालिकाको बाटो सफा गरेको घटना बटुलेको चर्चा त छिमेकी प्रतिको व्यंग्य होला! अहिले आफ्नो शिरानैबाट विरामी डोकोमा बोकेर सल्यान लगिरहेको कारुणिक घटना चाहिँ के?

३) गाउँपालिकाको ३ नं. वडा कार्यालय जोड्ने काठेपुल बाढीले बगाउनु त प्राकृतिक प्रकोप होला! महिनौं बितिसक्दा पनि वडा कार्यालय पुग्नुपर्नेहरु सुरुवाल निचोर्दै कार्यलय छिर्नुपर्ने अवस्था चाहिँ के?

४) कसैको विहे भोजमा सहभागी हुनु, शुभकामना दिनु त्यस्लाई सचिवालयमार्फत सार्वजनिक गर्नु त जनतासङ्गको सहकार्यता र सचिवालयको प्रभावकारिता होला! महिनौ सम्मपनि जनताका प्रश्नहरुको जवाफ सार्वजनिक नहुनु चाहिँ के?

५) स्वास्थ्य शाखा प्रमुखलाई निमित्त प्रशासकिय प्रमुख बनाउनु परेको त वरिष्ठताले गर्दा होला! त्यस्पछी रिक्त शाखा प्रमुखमा प्रमुख बनाउदा र वडा नं. २ को स्वास्थ्य चौकी इन्चार्ज बनाउदा चाहिँ के?

https://www.facebook.com/komal.oli.9/posts/3302584333192862

उज्यालो टाइम्सको “संजाल टाइम्स ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

प्रतिक्रिया दिनुहोस