समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं दोषी ठहरे दण्डित हुन तयार छु’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन्।
उननले ट्वीटरमा श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन् बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ !
श्रेष्ठले विज्ञफ्तिमा उक्त अभिव्यक्ति दुरासयपूर्ण रहेको र भ्रमको खेती मात्र रहेको बताएका थिए। गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्तिका निम्ति क्षमा याचना गर्नुपर्ने श्रेष्ठको विज्ञप्तिमा थियो।
उज्यालो टाइम्सको “संजाल टाइम्स ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक