• एउटै दृष्टि, भिन्न कोण
  • Search

सानिमा जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट आज, यस्तो छ समय तालिका

काठमाडौ २०७७ असोज ३० गते शुक्रवार

सानिमा जनरल इन्सुरेन्सको आइपीओ आज शुक्रबार (असोज ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलका अनुसार आफ्नै कार्यालय बबरमहल काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्री–अलोटमेन्ट भइसकेको बिक्री प्रकन्धकले जानकारी दिएको छ । सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट लक्की हुनेले सेयर पाउनेछन् ।

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

जसमा ८ लाख ८३ हजार ६२४ जनाले १ करोड ९० लाख १२ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ६.९४ गुणा बढी आवेदन हो ।

प्रतिक्रिया दिनुहोस