• एउटै दृष्टि, भिन्न कोण
  • Search

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ सेयर पाउने भाग्यमानी कति ?

काठमाडौ २०७७ असोज ३० गते शुक्रवार

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओ बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

माग भन्दा भन्दा ७ गुणाबढी आवेदन परेकोले गोलाप्रथा माध्यमबाट आइपिओ बाँडफाँट गरिएको हो ।

८ लाख ६३ हजार ५६५ जनाले आवेदन दिएका २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् भने ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको छ ।

असोज २१ गते, बुधबारदेखि असोज २५ गतेसम्म निष्काशन भएको आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

आइपिओ बाँडफाँड भएपछि लगानीकर्ताले मेरो शेयरबाट सजिलै बिओआइडी नम्वर हालेर सजिलै हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस