• एउटै दृष्टि, भिन्न कोण
  • Search

देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ २०७७ कार्तिक ७ गते शुक्रवार

पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस