• एउटै दृष्टि, भिन्न कोण
  • Search

सबै शीर्ष नेताले लिएको उपचार खर्च फिर्ता गरि अस्पताल निर्माणमा लगानि गरौं: डा.भट्टराई

काठमाडौ २०७७ कार्तिक १८ गते मङ्गलवार

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्ष नेताहरुले अलिकति लाज मानेर उपचार खर्च फिर्ता गर्नुपर्ने तर्क अघि सारेका छन् । ०६२-६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको समाचारमा टिप्पणी गर्दै भट्टराईले उक्त तर्क गरेका हुन् ।

शीर्ष नेताले उपचारमा गरेको खर्चले नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिने खबर शेयर गर्दै भट्टराईले राज्य कोषबाट उपचारको नाममा लाखौं-करोडौं लुट्न शीर्ष नेताहरुलाई लाज लाग्नुपर्ने बताएका छन् ।

‘जो अगुवा उही बाटो ह..भने झैं त्याग/बलिदानका उदाहरण बन्नुपर्ने शीर्ष नेतृत्वका व्यक्तिहरू नै निजी उपचारका निम्ति राज्यकोषबाट लाखौं/करोडौं लुट्न नलजाए पछि देश कसरी बन्छ ?,’ भट्टराईको प्रश्न छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भनेका छन्, ‘हामी जोजसले लिएका छौं, तुरून्त फिर्ता गरौं । नत्र आदर्शका ठूला गफ नछाँटौं; भोलि बत्तिसै दाँत देखाउँदै भोट माग्न नजाऊँ !’

वर्तमान प्रधानमन्त्री केपी ओलीले उपचारका लागि ०७३ सम्म मात्र राज्यबाट एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च लिएका छन् । त्यसपछि उनी विदेश गएर उपचार गरेको खर्चबारे भने पारदर्शिता छैन ।

प्रतिक्रिया दिनुहोस