• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेसका ६ जना केन्द्रीय सदस्य तथा सांसदलाई कोरोना संक्रमण

काठमाडौ २०७७ कार्तिक २१ गते शुक्रवार

नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्य तथा सांसदहरु कोरोना संक्रमित भएका छन्।

पछिल्ला दिनमा कोरोना महामारीले उग्ररुप लिइरहँदा कांग्रेसका नेताहरु एकपछि अर्को गरी संक्रमित भएका हुन्।

संक्रमित हुनेमा पूर्वमन्त्रीसमेत रहेका सांसद एवं केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य एवं सांसद सुजाता परियार कोरोना संक्रमित भएका छन्।

त्यस्तै केन्द्रीय सदस्यहरु किरण यादव, नसिर सिद्दिकी र कृष्णकिशोर घिमिरेलाई संक्रमण भएको हो। यसअघि दलित विभागका प्रमुख एवं केन्द्रीय सदस्य मीन विश्वकर्मा संक्रमित भएर स्वास्थ्य अवस्था सुधार उन्मुख छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस