• एउटै दृष्टि, भिन्न कोण
  • Search

कोरोना संक्रमित रोल्पाकी एक वृद्धाको बुटवलमा मृत्यु

बुटवल २०७७ मङ्सिर ३ गते बुधवार

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो ।

गएको १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । डा. गौतमका अनुसार उनीमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

प्रतिक्रिया दिनुहोस