• एउटै दृष्टि, भिन्न कोण
  • Search

बीबीसीले छानेका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना

काठमाडौ २०७७ मङ्सिर ९ गते मङ्गलवार

बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना रोकामगर समावेश भएकी छिन्‌।

​म्याग्दीको मंगला गाउँकी यी १८ वर्षीया किशोरी सपनाको संस्थाले बेवारिस शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ।

‘अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएका’ प्रभावशाली महिलाहरूलाई वर्षेनी बीबीबीले यो सूचीमा समावेश गर्ने गर्छ। ​

यो सूची​ फिनल्याण्डमा महिलामात्रै सम्मिलित गठबन्धन सरकारको नेतृत्व गर्ने सुन्ना मारिनदेखि चलचित्रकी नायिका मिसेल योहोसम्म सूचीकृत भएका छन्‌। एक स्थान भने कोरोना महामारीमा अरूलाई सहयोग गर्दागर्दै ज्यान गुमाएका विश्वभरका महिलाहरूका लागि खाली छाडिएको छ।

प्रतिक्रिया दिनुहोस