सरकारले लुम्विनि प्रदेशका ६० स्थानिय तहमा एकै दिन आधारभूत अस्पताल निर्माण गर्ने सन्दर्भमा रोल्पामा मंसिर १५ गते एकैदिन ७ वटा आधारभूत अस्पताल निर्माण हुने भएको छ। रोल्पाको सुनिलस्मृति गाँउपालिका, सुनछहरी गाँउपालिका, थवाङ गाँउपालिका, माडी गाँउपालिका, परिवर्तन गाँउपालिका, त्रिवेणि गाँउपालिका, रुम्टीगढी गाँउपालिकामा यहि मंसिर १५ गते एकैदिन अस्पताल निर्माण सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अव रोल्पा जिल्लामा आधारभूत अस्पताल सुरुवाति नहुने स्थानिय तहमा गंगादेब गाँउपालिका र लुङ्ग्री गाउपालिका मात्र हुनेछन ।
सरकारले सबै नागरिकलाइ आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित अस्पताल नभएका देशभरका ६ सय ४९ स्थानिय तहमध्य पहिलोचरणमा लुम्बिनी प्रदेशका ६० सहित ३ सय ९६ मा यहि मंसिर १५ गते एकैदिन अस्पताल निर्माण सुरु गर्ने भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका ६० स्थानिय तहमा आधारभूत अस्पताल बन्दा रोल्पामा-७, रुकुम पूर्बमा-५, बर्दिया-४, बाँके-३, प्यूठानमा-५, अर्घाखाँचीमा-४, गुल्मिमा-११, पाल्पाका-३, कपिलबस्तुका-३, रुपन्देहीका-५ र नवलपरासीका-४ रहेका छन ।
कोहिपनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्येश्य सहित सबै स्थानिय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तरगत अस्पताल नभएका स्थानिय तहहरुमा एकै पटक अस्पताल निर्माण थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिए ।
स्थानिय तहमा निर्माण गर्ने आधारभूत अस्पतालकोलागि आवश्यक पर्ने जग्गा भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरि कार्यनिती समेत संसोधन गरिसकिएको छ । बहुबर्षिय योजना अन्तरगत निर्माण हुन लागेका यि अस्पतालको निर्माण करिव दुइ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । अस्पतालकोलागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख बराबरको स्रोत समेत सुनिश्चि गरिसकेको छ ।

