सरकारले लुम्विनि प्रदेशका ६० स्थानिय तहमा एकै दिन आधारभूत अस्पताल निर्माण हुदा रोल्पाको गंगादेब गाँउपालिका र लुङ्ग्री गाउपालिकामा सुरु हुनसकेको छैन । सरकारले सबै नागरिकलाइ आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित अस्पताल नभएका देशभरका ६ सय ४९ स्थानिय तहमध्य पहिलोचरणमा लुम्बिनी प्रदेशका ६० सहित ३ सय ९६ मा हिजो मंसिर १५ गते एकैदिन अस्पताल निर्माण कार्य सुरु गरेको हो । रोल्पामा ७ गाँउपालिकामा निर्माणकार्य सुरु भएको छ भने रोल्पा नगरपालिकामा जिल्ला अस्पतालबाट सेवा दिइदै आएको छ ।
कोहिपनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्येश्य सहित सबै स्थानिय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तरगत अस्पताल नभएका स्थानिय तहहरुमा एकै पटक अस्पताल निर्माण थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ। पहिलोचरणमा यो सुविधा पाउनबाट रोल्पामा दुइ दुइ गाँउपालिका बञ्चित भएका छन ।
स्थानिय तहमा निर्माण गर्ने आधारभूत अस्पतालकोलागि आवश्यक पर्ने जग्गा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरि कार्यनिती समेत संसोधन गरिसकिएको छ । यति हुदा पनि रोल्पाको गंगादेब गाँउपालिका अस्पताल निर्माण लागि जग्गाको ब्यवस्थापन हुन नसक्नु दुखको बिषय भएको स्थानियबासिहरु बताउछन ।
गाँउपालिका भित्र आधारभूत स्वास्थ्य सेवाकालागि अस्पतालको परिकल्पना समेत गर्न नसक्दा यहाँका स्थानिय बासि उपचारकोलागि दाङको तुल्सिपुर र सल्यान सम्म पुग्ने गरेका छन । यो समस्या हट्न गाँउपालिका जनप्रतिनिधिको कारण थप एक बर्ष कुर्नु पर्ने बाध्यता रहेको छ ।