दाङको बंगलाचुली गाउपालीकामा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखा द्वारा संचालनमा रहेको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य कार्यक्रमको बार्षिक समीक्षा भएको छ । परियोजना समिक्षा कार्यक्रम बंगलाचुली गाउपालिका कार्यालय किमरेचौरमा सोमबार सम्पन्न भएको हो ।
स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य कार्यक्रमको बार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउपालिका अध्यक्ष भक्तबहादुर वलीले नेपाल रेडक्रस सोसाइटीको यस परियोजनाले स्वास्थ्य, खानेपानी र पूर्ण सरसफाइको क्षेत्रमा साथै बिपदको समयमा सहकार्य गर्न पाएकोमा खुसि हुँदै रेडक्रसलाई धन्यबाद समेत ब्यक्त गरे । दाङ जिल्लाको दुर्गम कर्णाली भनेर चिनिने गाउपालिकामा आगामि दिनमा निरन्तर सहयोगको अपेक्षा समेत गरे ।
नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगंजको /स्विस रेडक्रसको आर्थिक सहभागितामा अगस्त २०१८ बाट कार्यक्रम निरन्तर संचालनमा छ । बार्षिक समीक्षा कार्यक्रममा बोल्दै लाभांबित क्षेत्रका सहभागिहरुले परियोजनाको उच्च प्रशंसा गरेका थिए ।
स्वास्थ्य चौकी हाँसिपुरका इन्चार्ज लालबहादुर घर्तिका अनुसार दुर्गम गाउमा स्वास्थ्य क्षेत्रको सुचक सुधारकालागि नेरेसो परियोजनाको भूमिका उल्लेख्य प्रशंसा गर्न लाएक रहेको बताए । रेडक्रसले नेपाल सरकारले गर्नुपर्ने भनी तोकेका कामलाई काम गर्न प्रेरित गरि इट्टा थपेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष यमुना घर्तिमगरले स्रोत र साधनको हिसाबले कमि भएको स्थानमा रेडक्रसको सहकार्यले खुसि दिलाएको बताए । सहकार्य मार्फत गरिएका काम नमुना बन्दै गएको उनको भनाइ थियो ।
दाङ जिल्ला शाखा उपसभापति भगवती शर्माको अध्यक्षतामा संचालित कार्यक्रमको सहजिकरण जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले गरेका थिए ।