गंगादेव गाँउपालिका वडा नं ४ मा आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन भएको छ । गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्री अप्राजय द्वारा आधारभुत स्वास्थ्य सेवा केन्द्र कोलोठोकेमा एक कार्यक्रमको आयोजना गरि भवन र सेवा उद्घाटन गरिएको हो।
गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको र यसै बर्ष सम्पन्न हुनेगरि यो आ.व ०७७-०७८ मा ४ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुको साथै आवश्यक बजेट समेत बिनियोजन गरेको बताए। उनका अनुसार निकट भविश्यमा प्रसुती सेवा समेत सुचारू गर्ने लक्ष्यका साथ आधारभूत स्वास्थ्य केन्द्र कोलोठोके संचालन गरिएको छ ।

गाँउपालिका उपाध्यक्ष रिता घर्तिले आधारभूत स्वास्थ्य केन्द्रको संचालनमा सफलताको शुभकामना व्यक्त गर्दै, जनतालाई प्रभावकारि स्वास्थ्य सेवा र स्वास्थ्य सुबिधा दिन खटाइएका कर्मचारी र सेवा ग्राही जिम्मेवार बन्न सुझाव ब्यक्त गरिन।
वडा अध्यक्ष राम बहादुर वलीका अनुसार गंगादेव गाँउपालिकाको बिकासमा एउटा नयाँ इट्टा थपेको बताए। उक्त आधारभूत स्वास्थ्य केन्द्रमा गाँउपालिकाले २ जना स्वास्थकर्मी मार्फत स्वास्थ्य सेवा सुरुवात गरेको छ।

कार्यक्रममा गाँउपालिका कर्मचारी, स्थानिय जनप्रतिनिधि, स्थानियबासि लगाएतको उत्साहजनक सहभागिता भएको थियो । गाँउपालिका स्वास्थ्य संयोजक त्रिभुवन घर्तिको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन गाँउपालिका प्रेस संयोजक अशोक वलीले गरेका थिए ।