• एउटै दृष्टि, भिन्न कोण
  • Search

सिता दाहालको उपचारकोलागि प्रचण्ड भारत प्रस्थान

काठमाडौ २०७७ पुष २० गते सोमवार

नेपाल कम्यूनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सिता दाहालको उपचारकोलागि भारत प्रस्थान गरेका छन। सिता दाहालको उपचारकोलागि नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट मुम्बई लगिएको हो । अव उनको उपचार भारतको मुम्बई मा हुनेछ ।

सीता दाहालको उपचारको साथमा रेनु दाहाल र गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुनेछ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगिएको हो । यसअघि सीता दाहालको उपचार अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस