धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । धनगढिमा आयोजित नेकपाको सार्कजानिक कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
निर्मलाकोलागि न्याय माग गरेका यूवालाइ धनगढीमा गरिएको पक्राउको नेपाली काग्रेसका सभापति शेरबहादुर देउबाले बिरोध जनाएका छन । उनले आफ्नो आधिकारीक फेसबुक पेजमा पक्राउ गरिएको फोटो सहित स्टाटस लेख्दै बिरोध जनाएका हुन । उनले दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य मान्यता विपरित भएको बताएका छन ।
उनले फेसबुकमा लेखेका छन…..
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ।दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य/मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु!
