• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेब गाउपालिका नि.प्रशासकिय अधिकृत सम्पर्क बिहिन

रोल्पा २०७७ माघ २ गते शुक्रवार

गंगादेब गाउपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत सम्पर्क बिहिन भएका छन । प्रमुख प्रशासकिय अधिकृत नहुदा जेष्ठताको आधारमा गाउपालिकाले सिफारिस गरि आर्थिक अधिकार सहितका निमित्त प्रमुख प्रशासकिय अधिकृत सक्कलदेब यादव लामो समय गाउपालिका सम्पर्कमा बेखबर भएका हुन ।

निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लिएका कर्मचारी लामो समय गाउपालिकाको सम्पर्क बिहिन हुदा गाउपालिका भित्रका सचेत यूवाहरुले सामाजिक संजालमा बिरोध सुरु गरेका छन ।

गाउपालिकाको अनुसार निमित्त प्रमुख प्रशासकिय अधिकृत १ हप्ताको मौखिक बिदा अनुरोध गरि घरायसि  अंश बिवाद समाधानको लागि घर गएका थिए, झण्डै डेढ महिना बितिसक्दा पनि उनी अफिसमा हाजिर छैनन । न त कार्यालयको फोन सम्पर्कमा नै छन । उज्यालो टाइम्सले सक्कलदेब यादवलाइ फोन सम्पर्क गर्दा उनको फोन स्विचअफ थियो ।

गंगादेब गाउपालिकाकोलागि नया प्रमुख प्रशासकिय अधिकृत तोकिएको खबर आएपनि अहिले सम्म कार्यालयमा हाजिरहुन आइपुगेका छैनन ।

प्रतिक्रिया दिनुहोस