• एउटै दृष्टि, भिन्न कोण
  • Search

रेडक्रसको सहयोगमा आधारभूत स्वास्थ्य आपुर्ति ब्यवस्थापन तालिम

दाङ २०७७ माघ ८ गते बिहिवार

दाङको बंगलाचुली गाँउपालिकामा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मिकोलागि आधारभूत स्वास्थ्य ब्यवस्थापन तालिम दुइ दिने सम्पन्न भएको छ । बंगलाचुली गाँउपालिका स्वास्थ्य शाखाको आयोजना र नेपाल र नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाको स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकोलागि सामुदायिक सहकार्य परियोजना को आर्थिक सहभागितामा सम्पन्न भएको हो ।

आधारभूत स्वास्थ्य ब्यवस्थापन तालिममा बंगलाचुली गाँउपालिका भित्रका ४ वटा स्वास्थ्य संस्थाबाट २/२ जना ५ वटा आधारभूत स्वास्थ्य केन्द्र बाट १/१ जना गाँउपालिका स्वास्थ्य शाखा स्टोर कर्मचारी गरि जम्मा १४ जना सहभागि रहेका थिए । तालिमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालयका फार्मेसि अधिकृत प्रबिन तिमल्सेना र नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगंजका स्वास्थ्य अधिकृत जगन्नाथ चौधरीले गरेका थिए ।

विश्वसनीय एवं प्रभावकारी जनस्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पर्ने औषधि एवं साधनहरूलाई आपूर्ति व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी बोकेका कर्मचारीहरूको आधारभूत आपूर्ति व्यवस्थापन सम्बन्धी ज्ञान र सीपको अभिवृद्धि गर्ने तालिमको लक्ष्य रहेको ने.रे.सो. दाङ जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले जानकारी दिए ।

तालिममा 5S को बारेमा जानकारी गराउनुका साथै 5S को महत्वको बारेमा जानकारी, आपूर्ति व्यवस्था प्रणालीको उद्देश्यबारे छलफल गर्न, औषधि, साधन तथा सामग्रीहरूलाई निर्देशिका अनुसार भण्डार, अधिकतम र न्यूनतम मौज्दात तथा माग परिमाण निर्धारण, आपूर्तिसम्बन्धी अभिलेख तथा प्रतिवेदनहरूलाई शुद्धसँग भर्न र समयतालिका अनुसार उपयुक्त स्थानमा पठाउन, नियमित रूपमा मौज्दात स्थितिको पुनरावलोकन गर्न र नियमित तथा आवश्यकताअनुसार आकस्मिक परिमाण माग गर्न, पाईपलाईन अनुगमन, प्रक्षेपणका तथा परिमाण निर्धारण, लिलाम, धुल्याउने तथा बरबुझारथ, औषधि, साधन तथा सामग्रीहरूको व्यवस्था गर्ने कार्यमा व्यक्तिगत जिम्मेवारी पहिचान गर्न सक्ने क्षमताको विकास भएको र eLMIS को प्रयोग महत्व बारेमा सामान्य जानकारी दिएको गाँउपालकिा स्वास्थ्य संयोजक भक्त बहादुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस