नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्य आज (चैत्र १६ गते, सोमबार) भने ओरालो लागेको छ ।
आज (चैत्र १६ गते, सोमबार) काे प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे केही मिनेटमै ओरालो लागेको छ । नियमित काराेबार सुरू भएकाे ५ मिनेट भित्रमै कम्पनीकाे सेयरमूल्य ४.०४ प्रतिशतले घटेर एक हजार ९ सय ९५ पुगेकाे थियाे ।
याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य १४८ रूपैयाँले घटेर १ हजार ९ सय ३१ रूपैयाँमा काराेबार भइरहेकाे छ । भने किन्ने भन्दा बिक्रि गर्नेको चाप बढेको छ ।
