साेमबार(आज) सेयर बजार ५.४५ अंकले घटेर २५४३.५२ मा पुगेकाे छ । साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ७ सय एकसठी पुगेकाे छ ।
त्यसैगरी, घटेकाे बजारमा क्रमश: अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड , महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड , रिडी हाइड्राेपावर कम्पनी लिमिटेड, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनाइटेड इदी मर्दी, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।


