• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेब गाँउपालिका कर्मचारीबाट क्यान्सर पिडित परिवारलाइ सहयोग रकम हस्तान्तरण

रोल्पा २०७७ चैत्र ३१ गते मङ्गलवार

ब्रेन ट्यूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ संकलित सहयोग रकम गंगादेब गाँउपालिका कर्मचारीबाट हस्तान्तरण गरिएको छ । गंगादेव गाउपालिका रोल्पामा कार्यरत कर्मचारीहरुले ब्रेन टयूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ व्यक्तिगत सहयोग रकम क्यान्सर पिडित नारायण भण्डारीको आमा दुर्गा भण्डारीलाई नगत रकम हस्तान्तरण गरिएको हो।

देश तथा बिदेशबाट सहयोग रकम संकलन भैरहेको बेला गाँउपालिकाबाट उपचारार्थ स्वैच्छिक सहयोग संकलन गर्ने अभियानमा गाँउपालिका कार्यालयले प्रेस सयोजक अशोक वली परिवर्तनलाई जिम्मा दिएको थियो । गंगादेव गाउपालिका रोल्पाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले गाँउपालिका कर्मचारीबाट संकलित रकम एकमुष्ट रु ५५ हजार ९ सर ५५ रुपैया क्यान्सर पिडित नारायण भण्डारीको आमालाई गाउपालिकामा अनौपचारीक कार्यक्रममा हस्तान्तरण गर्नु भएको हो।

सहयोग हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले नारायण भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै स्वैच्छिक सहयोगको लागि अन्य कर्मचारी लगायत सबैमा अपिल गर्नु भएको छ । गंगादेब गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले व्यक्तिगत रु १० हजार समाजसेवि बाल कृष्ण वली मार्फत हस्तान्तरण पहिले नै गर्नु भएको थियो ।

 नारायण भण्डारीको खर्चिलो क्यान्सरको उपचार धान्न नसकेको अवस्थामा गाँउपालिका कर्मचारी बाट प्राप्त सहयोगले उपचार हुनेछ भन्ने बिश्वास ब्यक्त गर्दै आमा दुर्गा भण्डारीले गाउपालिकामा कार्यरत कर्मचारीले उपचारार्थ साथ र सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

क्यान्सर पिडित नारायण भण्डारी बचाउन गाँउपालिकाबाट सहयोगको सुचि निम्नबमोजिम रहेको छ ।

१- निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेत रु ५,०००/-

२- प्राबिधिक शाखा प्रमुख रमेश डागी रु५५५५-/

३- आ.ले.प शाखा प्रमुख उदय प्रकाश वली रु ५५५५/-

४- कार्यक्रम शाखा प्रमुख सुशील वली रु ५,५५५/-

५- स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्ती रु ५५५५/-

६- पञ्जिकरण सायक तिलक राज वली रु ३५५५/-

७- प्रेस सयोजक अशोक वली परिवर्तन रु ३१००/-

८- भेटेरेनरी शाखा प्रमुख कमल राज पुन रु २५२५/-

९- प्राबीधिक अर्जुन राना रु २५५५/-

१०- प्रशासन शाखा प्रमुख पुष्पा पनेरु देवकोटा रु २५००/-

११- सूचना प्रबिधि अधिकृत प्रेम प्रकाश वली रु२५००/-

१२- शिक्षा शाखा प्रमुख शेर बहादुर डागी रु १५००/-

१३- कार्यपालिका सदस्य लक्ष्मी बुढा रु २०००/-

 १४- शिक्षा अधिकृत सीता देवि शर्मा रु १५००/-

१५- शिक्षा प्रास अंग बहादुर वली रु १०००/-

१६- खानेपानी शाखा प्रमुख बल बहादुर बस्नेत रु १०००/-

१७- रोजगार सयोजक खिमा पाण्डे रु १०००/-

१८- कम्प्युटर अपरेटर रन माया कुमारी चौधरी रु १०००/-

१९- महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरी रु १०००/-

२०- गाउपालिका गाडी चालक प्रसाराम डागी रु १०००/-

२१- शिक्षा कर्मचारी हरि बहादुर खड्का रु ५००/-

प्रतिक्रिया दिनुहोस