कोभिड -१९ जोखिम बढ्दै गएपछि सुर्खेतमा वैशाख १४ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ।
सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।
सुर्खेतमा हालसम्म तीन सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतले १४ गते राति १२ बजेदेखि लागू हुने गरी २० गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।