• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादी केन्द्रले बनायो कोभिड नियन्त्रण इकाईः स्थानिय तह सम्म संरचना निर्माण हुने

काठमाडौ २०७८ जेष्ठ ६ गते बिहिवार

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ। बिहीबार सकिएको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरिएको हो ।

कोभिड नियन्त्रण सहयोग गर्न प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् । बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटीमा सर्कुलर पठाउने निर्णय गरेको छ ।

सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ । आज भएका निर्णयहरूलाई समेटेर भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्रमा बुझाउने र त्यसमा सिसीएमसी खारेजीको माग गरिने छ । ज्ञापनपत्रको तयारी गर्ने जिम्मा बैठकले स्थायी कमिटी सदस्य वर्षमान पुनलाई दिएको छ ।

त्यस्तै कोभिड नियन्त्रण कोष बनाउने निर्णय पनि बैठकले गरेको छ। पार्टीले निर्माण गर्ने कोभिड नियन्त्रण कोषमा सरकारबाट सेवा सुविधा लिने पार्टीका नेता तथा कार्यकर्ताले केही रकम जम्मा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस