• एउटै दृष्टि, भिन्न कोण
  • Search

बैशाख पूर्णिमामा हुने पुजा रोक्न गंगादेबका भुवनले गराए ध्यानाकर्षण

रोल्पा २०७८ जेष्ठ ११ गते मङ्गलवार

रोल्पाको गंगादेब गाउपालिका वडा नं ६ रातामाटा टावर नजिकै हुन भोलि हुने ब्रम्ह पुजा रोक्नको लागि गंगादेब ६ का सचेत यूवा भुवन केसीले ध्यानाकर्षण गराएका छन । कोभिड १९ महामारी फैलिरहेको बेला रोल्पा र रुकुमका सयौ जना मानिसहरु जम्मा भएर गरिने पुजा रोक्नकोलागि स्थानिय कसैको पनि नजर नगएको भन्दै फेसबुक स्टाटस लेखी ध्यानाकर्षण गराएका हुन । उनले फेसबुक स्टाटस यस्तो लेखेका छन ।

सम्बन्धि सबैमा जानकारी अर्थात ध्यानाकर्षण गराउद छु।

आज नेपालका मात्रै होइन विश्वभरका मान्छेहरु त्रासमा छन।महामारीले सबैलाई रुवाएको छ। दिनप्रतिदिन संक्रमितहरुको संख्या वृद्धि हुदैछ ज्यान गुमाउनेहरुकोसंख्या थपिदैछ।अझै स्थिति नियन्त्रण बाहिर नै छ।जनताहरु त्रासै त्रासमा जीवन बिताउन बाध्य छन। यस्तो महामारी बाट ज्यान जोगाउन निकै गाह्रो छ।महामारीले गर्दा हाम्रो गाउँपालिका धेरै गाउँहरुमा पनि उच्च जोखिममा छ ।गाउँगाउँमा धेरै बिरामी छन केही संक्रमितहरु पनि छन ।स्थिति भयभह हुन सक्छ छ। यस्तो अवस्थामा हाम्रो गाउँ अर्थात गंगादेब गाउँपालिका वडा न. ६ (साबिकको वडा न.२) को राटामाटे टावर नजिकै भोलि बिहान ब्राह्म मन्दिरमा मान्छेहरु भेला भएर साडा ,भेडाको बलिदिने अर्थात (ब्राह्म)पुजाई कार्यक्रम हुदैछ ।जहाँ गंगादेब गाउँपालिका भित्रका धेरै, परिवर्तन गाउँपालिका र रुकुम भेगका केहि मान्छेहरु गरि १ एक डेढ सय जति मान्छेहरुको सहभागीले अर्थात भेला हुन्छ।जहाँ सरकारले २५ जना भन्दा बढी सहभागीता हुने क्षेत्रहरुमा कुनै कार्यक्रम नगर्ने भनी रोक लगाएको छ। अहिले यस्तो कार्यक्रम रोक्नुपर्यो भनी गाउँका ठुला बडा , पुजारी, समिति,र वडाका प्रतिनिधिलाई जानकारी गराउदा समेत उक्त कार्यक्रम रोक्न कोहि कसैले चासो नदेखाएको र हामीले रोक्न अनुरोध गर्दा पनि अटेरी गरेकाले स्थिति भयभित हुन्छकि भनेर धेरै मान्छेहरुमा चिन्तामा थपिएको छ।अब भन्नुहोस् हाम्रो वडा पालिकाका जनप्रतिनिधिहरुको काम के छ? यस्तैलाई भन्छन् स्वास्थ्य मापदण्ड पालना गरेको अनि सचेत नागरिक भएको ।

प्रतिक्रिया दिनुहोस