
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप अभियानमा सहयोगकोलागि स्वयम सेवक परिचालन गरेको छ । खोप संचालन हुने सबै खोप केन्द्रमा सहयोगकोलागि रेडक्रसका स्वयम सेवक १-१ जना खटाइएको हो।
असार २२ र २३ मा कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप अभियान ६२ देखी ६४ बर्ष उमेर समुहकालागि दोश्रो मात्रा खोप संचालनमा दाङ जिल्लाको १० वटै पालिकामा संचालन भैरहेको छ।
प्रत्येक खोप केन्द्रहरुमा एक-एक जना स्वयम सेवक रेडक्रसले सहयोगकोलागि खटाएको दाङ जिल्ला शाखाका मन्त्री प्रकाश श्रीबन्दले जानकारी दिए। उनका अनुसार ५१ खोप केन्द्रमा दुइ दिन संचालन हुने खोप अभियानमा ५१ जना स्वयम सेवक परिचालन गरिएको बताए ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले बिपद्को समयमा अग्रपङ्तीमा काम गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप जिल्लामा रहेका १५ वटा उपशाखा बाट सहयोगकोलागि खोप केन्द्रमा स्वयम सेबक परिचालन गर्ने योजना बनाइ कार्यान्वयन गरेको जिल्ला सभापति नारायण आचार्यले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले मानविय सहयोगको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको सरोकारवालाहरुले बताएका छन।