• एउटै दृष्टि, भिन्न कोण
  • Search

त्रिविली परीक्षा सम्बन्धित जारी गर्यो यस्तो सूचना (सूचनासहित)

काठमाडौ २०७८ असार २४ गते बिहिवार

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले महत्वपूर्ण सूचना जारी गरेको छ ।

त्रिविले सेमेस्टर परीक्षा प्रणाली अनुसार चार वर्षीय स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोस्रो वर्ष चौथो शत्र २०७५ समुह र चौथो वर्ष आठौं शत्र २०७३ समुहको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा मिति २०७८ वैशाख १३ गते प्रकाशित सूचनाअनुसार

स्थगित गरिएको सेमष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोस्रो वर्ष चौथो शत्र २०७५ समूह र चौथो वर्ष आठौं शत्र २०७३ समूहको नियमित तथा सोही सत्रको सोभन्दा अगाडिका समूहको

आंशिक परीक्षाको परीक्षा आवेदन फारम नियमित शुल्क तिरी २०७८ साल श्रावण १५ गतेसम्म र विलम्ब शुल्क तिरी २०७८ साउन २२ गते सम्म बुझाउन यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित क्याम्पस/कलेजहरुले फारमहरु रुजु गरी मिति २०७८ श्रावण २५ गतेसम्म यस कार्यालयमा अनिवार्य बुझाउनु पर्नेछ ।’

अन्य कुरा पूर्व प्रकाशित सूचना अनुसार नै हुने पनि त्रिविले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस