• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली काङ्ग्रेसमा अब युवा नेतृत्वमा आउनुपर्छ

भक्तपुर २०७८ साउन १९ गते मङ्गलवार

नेपाली काङ्ग्रेसको १४औं महाअधिबेसन नजिकिए संगै आम कार्यकर्तामा रौनक थपिएको छ । १३ औं महाअधिबेसन भन्दा यो अधिबेशन पृथक हुने भएको छ!किनकी १४औं महाअधिबेसनमा ४०% भन्दा बढी युवाले अधिबेशनमा भाग लिदै छन्।

आम कार्यकर्ताको धारणा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने छ, तर नेतृत्व वर्ग भने पुस्ता हस्तान्तरण गर्नी कुरामा राजी छैनन् बरु सभापतिको लागि उम्मेदवारी घोषणा गरेर होडिरहेका छन । १३ औं महाअधिबेशनमा देउवालाई पार्टी सभापति जिताउन लागी परेर हिडेका उपसभापति निधि पनि सभापतिको लागि तयारी गरिरहेका छन । पौडेल पक्षबाट रामचन्द्र पौडेल स्वयम सभापति लड्नि तयारीमा जुटेका छन ।

त्यस्तै कृष्ण प्रसाद सिटौला पनि सभापति लड्नी तयारीमा छन!त्यस्तै कोइराला परिवार बाट शेखर र शशांक दुवैले लामोसमयदेखी सभापतिको लागि लबिङ गरिरहेका छन !तर महाअधिबेशनको निश्चित मिति भने घोषणा भैसकेको छैन। पार्टीको विधानअनुसार ५वर्षमा अधिवेशन हुनुपर्ने प्रावधान छ!पदिय लोभ र कुर्सिको मोहले गर्दा निश्चित समयमा अधिबेशन हुन सकिरहेको छैन।

आजको नेतृत्वले बिपिले देखाएको बाटो ,बिचार ,सिद्धान्त अगाल्न सकेको छैन भन्ने आम कार्यकर्ताको निस्कर्स छ ।नेतृत्व वर्गले विपिले देखाएको बाटो अवलम्बन गर्न नसक्दा २०७४ सालमा भएको तिनै तहको निर्वाचनमा लज्जास्पद हार बेहोर्नु परेको कुरा सबैलाई सर्वबिदितै छ । नेपाली काङ्ग्रेसमा पुस्ता हस्तान्तरण भएर आगामी अधिबेशन पश्चात् विपिले देखाउनुभएको बाटो अवलम्बन गर्नु जरुरत छ नत्र नेपाली काङ्ग्रेस पार्टी मात्र होईन देशनै दुर्घटनामा पर्नी निश्चित छ।

यदि नेपाली काङ्ग्रेस पार्टीलाई देशको पहिलो पार्टी बनाउने हो भने युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बृद्ध नेताहरूले विश्राम लिनुपर्ने हुन्छ । वर्तमान युगमा महान सोच,बिचार ,सिद्धान्त ,भिजन भएका युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न सकियो भने पार्टी मजबुत बन्ने छ र देश पनि समृद्ध बन्ने छ ।

लेखक आचार्य नेविसंघ सानोठिमी क्याम्पसका उपसभापति हुन।

प्रतिक्रिया दिनुहोस