राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।
बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ‘४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ,’ उनले भने, ‘फरक-फरक विद्यालयको फरक-फरक जीपीए छ, त्यसलाई एक ठाउँमा जोडेर तुलना गर्नु व्यवहारिक हुँदैन ।’
पौडलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन ।