• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेशमा बजेट, नीति तथा कार्यक्रम संसोधनको तयारी

बुटवल २०७८ साउन २९ गते शुक्रवार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले निबर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम र अध्यादेश बाट ल्याएको बजेट संशोधन गरेर नयाँ ल्याउने बताउनुभएको छ ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वाभाविक हुने बताउनुभयो ।

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्धतिलाई सही ट्रयाकमा ल्याउन पनि नयाँ बजेट ल्याइने केसीले बताउनुभयो ।

सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता केसी हिजो लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । लगत्तै सात सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस