काठमाण्डौको नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका कम्युनिस्ट नेता मोहन बैध्य “किरण” लाई स्वास्थ्यलाभको कामना गर्न कम्युनिस्ट नेताको लर्को लाग्ने गरेका छन । आज सम्माननिय उपराष्ट्रपति नन्दबहदुर पुनद्वारा कम्युनिष्ट नेता बैद्यलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको प्रेस संयोजक मनोज घर्तिमगरले जानकारी दिए ।
नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत कम्युनिष्ट नेता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने बताएका छन ।
त्यस्तै हिजो माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता मातृका यादव, नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा लगाएतका नेताहरुले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।