• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बू कुरुबाङ ५ महिनाका १७ उपलब्धि

दाङ २०७८ कार्तिक १७ गते बुधवार

दाङ जिल्ला बाट सरुवा भइ जानुभएका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बू कुरुबाङ ले ५ महिना को छोटो कार्यकालमा १७ वटा सामुहिक उपलब्धिहरुको विवरण सार्वजनिक गर्नुभएको छ । फ्यूजन संजाल स्तम्भमा आज दाङ जिल्लाबाट सरुवा भइ जानुभएको प्रमुख जिल्ला अधिकारीको फेसबुक स्टाटसलाइ स्थान दिएका छौ । फेसबुक स्टाटसमा उहाले दावि गर्नुभएको उपलब्धिहरु निम्नअनुसार छन ।

(१) कोमा रहेको फोरलेन  सडकको निर्माणकार्यको सुरुवात यो दिपावली पछि फुल फेजमा शुरु हुने
(२) पत्रेखोलाको खाल्डो मर्मत
(३) राप्ती नदि सिसहनियाको क्षतिग्रस्त पुल १० दिनमानै मर्मत
(४) मापदण्ड भन्दा बढी तौल बोक्ने टिप्परहरुको नियमन २५१ लाई कार्बाही
(५) लमही र तुल्सिपुरमा हप्तामा एकपटक प्रजिअ आफै उपस्तिथिभै कार्यसंचालन
(६) बिपदबाट मृत्यु भएका १५ जनाका आफन्तलाई घरमै जनही १ लाख राहत वितरण
(७) अक्सिजनको उत्पादन क्षमता प्रतिदिन १३० बाट १००० plus
(८) राप्ती प्रदेशिक अस्पतालमा ८० बेड क्षमताको कोभिड वार्डको स्थापना
(९) ७१ जना फरार अपराधी पक्राउ
(१०) ८१ जना जुवाडे पक्राउ
(११) आधुनिक हतियार सहित ४ जना पक्राउ
(१२) ब्राउन सुगर २०० ग्राम चरेश १० के जि सहित ३२ जना पक्राउ
(१३) नदिजन्य पदार्थ दोहनमा संलग्न १४७ सबारी साधनलाई कार्बाही 
(१४) संरक्षित बन्यजन्तुका अंग सहित ११ जना पक्राउ
(१५) ५५ थान चोरीका मोटरसाइकल बरामद
(१६) पुरुषलाई होटलमा बोलाई हनिट्रापमा पार्ने ४ महिला पक्राउ
(१७)यो साल सम्पन्न हुने दाङ देउखुरीको निर्माणधिन कालाकाटे राजपुर हुलाकी सडक खन्डको सहजीकरण

प्रतिक्रिया दिनुहोस