• एउटै दृष्टि, भिन्न कोण
  • Search

रासायनिक मल नपाउदा गंगादेवका किसान चिन्तित, राज्य सरकार जिम्मेवार नहुदा करोडौ घाटा बेहोर्दै

रोल्पा २०७८ माघ ७ गते शुक्रवार

रोल्पाको गंगादेव गाउपलिकामा आलु र स्याँउ खेतीकोलागि आवश्यक रासायनिक मल  अभाव भएको पाइएको छ । प्राङ्गारिक मल प्रयाप्त नहुने हुँदा किसानहरु रासायनिक मलमा भर पर्नु पर्ने  गंगादेवका किसानको बाध्यता रहिआएको छ।

आलु र स्याउ ब्यबसायिक खेतीमा अग्रसर रहेका गंगादेवका किसानहरुको आलु लगाउने समयमा गंगादेव ३ मा पर्ने स्मार्ट कृषि गाउ मनिमारे, नाउली,जलेखर्कका किसानहरुले स्याउका लागि चाहिने रासायनिक मल नपाउदा आलु र स्याउ खेतिबाट मात्रै  करोडौको घाटा बेहोर्नु पर्ने देखिन्छ ।

स्मार्ट कृषि गाउ मनिमारेमा आलु र स्याउ खेती

गंगादेब ३ नाउली घर भएका फौद बहादुर डाँगीले मलको लागि घोराही, तुलसीपुर, हापुरे, बगाले, कालीमाटी सम्म मलको लागि सम्पर्क गर्दा पनि मल कतैपनि स्टक नभएको बताए ।

१५ दिन अघि गंगादेब ३ नाउली घर भएका जितबहादुर वलीले दाङमा रहेका आफन्तलाई मलको जोहो गरिदिन दाङ शान्तिनगर बस्ने उनका भिनाजु भूपेन्द्र बहादुर खत्रीलाइ अनुरोध गरे तर हाल सम्म उनले मल पाउने टुङ्गो समेत नहुदा उनि चिन्तित छन् ।

कृषिमा लगानीकोलागि कृषि क्रान्तिका नारा सरकारले लगाएपनि किसानहरुले रासायनिक मलको सास्ती बेहोर्नु परेको छ । मानो रोपेर मुरी फलाउने आशमा रहेका किसानहरु मल नपाएपछि चिन्तामा परेका छन् । गाई भैँसीको प्राङ्गारीक मल प्रयाप्त नहुने भएकाले किसानहरूले खेत बारीमा रासायनिक मल नै प्रयोग गर्ने गर्दछ्न् । आफुहरुले पटक पटक सम्बन्धित निकायलाई मलको लागि आग्रह गर्दा पनि मल पाउन नसकेको किसानहरू बताउछन् ।

स्मार्ट कृषि गाउँ मनिमारेका सक्रिय किसान भिम बहादुर खत्रीले अहिलेसम्म मल  नपाएको गुनासो गर्छन। स्याउ खेती बाट वार्षिक ८ लाख देखि १४ लाख सम्म को आम्दानी गर्ने उनले अहिले सम्म मल  नपाउदा अब आम्दानी धेरै हुनेमा आशा मारेका छन् । दु:खी हुदै उनले भने “अघिल्लो वर्ष हिउँ परेन यो वर्ष हिउँ पनि परेको छ स्याउमा मल हाल्ने समय भईसक्यो तर मल नै छैन अब के गर्ने भन्ने उनको चिन्ता छ । आलु खेतिको सिजन पनि आइसक्यो हालसम्म रासायनिक मल पाएका छैनौ।”

स्मार्ट कृषि गाउ मनिमारे

साना किसान सहकारीका अध्यक्ष तथा अगुवा किसान रामबहादुर खत्रीले मलको लागि घोराही र तुलसीपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखामा पुगे । तर त्यहाँ नेपाल सरकारबाट स्वीकृत पाएको युरिया बाहेक कुनै मल मौज्दात नदेखे पछि गंगादेव ३ का किसानकोलागि मल लिन गएका रित्तो हात फर्के। मौज्दात भएको मल पनि कर्णाली प्रदेशमा  पर्ने सल्यान र रुकुमका जिल्लाहरुका लागि भएको जानकारी पाएको बताए । केहि रासायनिक मलहरु एसएसपी, एसएसपी बोरोन, जिंक मलहरु थिए तर यस अघिको प्रयोगले प्रभावकारिता नदेखाएको हुँदा किसानहरुको सल्लाह अनुसार मात्रै उक्त मल ल्याउन सकिने बताए । प्यूठानमा मल भएको आफुलाई जानकारी भएको तर त्यो सहकारीको जिम्मेवारीमा भएकोले त्यो नि ल्याउन नसक्ने उनले बताए ।

गंगादेब-३ नाउली घर भएका हरि डाँगी पनि मलको खोजिमा आफन्तहरुकोमा सम्पर्क गरि  दाङको बबई गाउपालिका बाट ३ बोरि मल अंकलको घरबाट सापटी स्वरुप लिन सफल भएको बताए । उनले भने “गाउमा माल पाउदैन खेती गर्ने समय आयो टाढाबाट सापट भए पनि चलाउनै पर्यो ।”

कृषि सामाग्री कम्पनि लिमिटेड दाङ घोराही शाखाका शाखा प्रमुख टोपा राम गौतमले रासायनिक मल आउन अझै समय लाग्ने बताए । सरकारी निकायद्वारा रासायनिक मल भित्र्याउन पहल भईरहेको छ फागुनसम्ममा आउन सक्ने बताउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस