रोल्पामा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिने निर्णयमा पुगेको छ। चुनावी भागबन्डा नमिलेका कारण नेपाली कांग्रेस चुनावी गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो।
आज (आइतबार) बुटवलमा बसेको प्रदेशस्तरीय बैठक लगत्तै नेपाली कांग्रेस राेल्पाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको बताइएकाे छ। यसअघिदेखि नै राेल्पा काँग्रेस गठबन्धविरूद्ध उभिदै आएकोकाे थियाे।
अब चुनावी गठबन्धनका लागि रोल्पामा ढाेका बन्द भएकाे नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिङ पुनले जानकारी गराएसँगै राेल्पामा नेपाली काँग्रेसले आफ्ना उम्मेदवार टुङ्गाे लगाउन अन्तिम तयारी गरेकाे छ।