तुलसीपुर उपमहानगरपालिकामा १९४८ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार फेरि अगाडि गएका छन् ।
पछिल्लो परिनाम अनुसार एमालेका मेयरका उम्मेदवार टीकाराम खड्का र उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले अग्रता लिएका छन् । १९४८ मत गणना हुँदा एमाले मेयर पदका उम्मेदवार खड्काले ८५० र उपमेयर चौधरीले ८७१ मत प्राप्त गरेकी छिन ।
त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ८२६ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ६१७ मत प्राप्त गरेका छन् ।
मत परिनाम अनुसार एमाले खड्का र काँग्रेसका गिरीका बीचमा २४ मतको अन्तर रहेको छ । त्यस्तै उपमेयरमा एमालेकी चौधरी र समाजबादीका रानाका बीचमा २५४ मतको अन्तर रहेको छ ।
तुलसीपु्र वडा नं। १ र २ मा मतगणना भइरहेको छ । तुलसीपुरमा १९ वडाहरु रहेका छन् । यहाँ ७० हजार बढी मत खसेको छ ।
तुलसीपुर–१७ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरको निधन भएपछि यहाँ जेठ ३ गते मात्रै मतदान भएको थियो ।
![तुलसीपुरमा १९४८ मत गणना गर्दा एमाले अगाडी, कसको कति मत ? [सुचीसहित] 1](https://nepalfusion.com/wp-content/uploads/2021/09/nepalfusion-watermark-image.jpg)