नेकपा (माओवादी केन्द्र)काे प्रभावक्षेत्र मानिने राेल्पाकाे गंगादेव गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। बिगतको स्थानीय तह निर्बाचनमा नेकपा माओबादी केन्द्रको वर्चस्व रहेको यस क्षेत्रलाई नेपाली कांग्रेसले कब्जा गरेको छ ।

अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला उपसभापति हरी बहादुर पुन २५५७ मतका साथ विजयी भएका हुन्।
पुनले नेकपा (एमाले)का उम्मेदवार राेशनकुमार वली र ‘माओवादी–समाजवादी’ गठबन्धनका साझा उम्मेदवार बीरबहादुर केसी पराजित गरेका छन्। वलीले २४९९ र केसीले २१५४ मत पाएका छन्।
गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै अमृताकुमारी केसी विजयी भएकी छन्। केसीले २ हजार ९ सय ९ मत पाउँदा उनकी प्रतिष्पर्धी एमालीकी निर्मलाकुमारी वलीले २ हजार ४ सय ४२ मत पाएकी छन्।
पालिकाको ७ मध्ये ५ वटा वडामा कांग्रेसले जित निकालेको छ भने एमाले–माओवादीले एकएक वडामा चित्त बुझाएका छन्।
गंगादेबमा नेपाली कांग्रेसको बहुमतले कम्युनिष्टहरुलाई परास्त गरेको हो । पालिकाका ७ वटा वडाहरु मध्य ५ वटा वडाहरूमा जित हात पारेको छ भने १ वडा एमाले र १ वडा मात्रै नेकपा (माओबादी) केन्द्रले हात पारेको छ । नेपाली काँग्रेसले जितेका वडाहरु १, २, ४, ५ र ७ रहेका छन भने, ७ नम्बर वडामा एमाले र ३ नम्बर वडामा माओबादी केन्द्रले जितेका छन ।
माओबादी केन्द्रले वडाअध्यक्ष जित्दा अन्य सबै स्वतन्त्र उम्मेदवारका सदस्यहरुले जितेका छन ।
गएको स्थानीयतहको निर्बाचनमा ४ वटा वडाहरु माओबादी केन्द्रले जितेको थियो भने २ वटा वडाहरु एमाले र १ वटा वडा मात्रै काँग्रेसले जितेको थियो ।
अघिल्लाे स्थानीय तहकाे स्थानीय निर्वाचनमा यस गाउँपालिकामा माओवादीकाे तर्फबाट उनै बीरबहादुरले बहुमत वडासहित विजयी हासिल गरेका थिए। तर यसपटक भने उनी मत संख्यामा निकै मूनि झरेर पराजित भएका छन्।