• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्याली टेक्निकल इन्स्टिच्युट दाङले सुरु गर्यो जापानीज भाषा

दाङ २०७९ असार ३१ गते शुक्रवार

दाङमा रहेको भ्याली टेक्निकल इन्स्टिच्युट दाङले जापान, कोरिया ,अस्ट्रेलिया अध्यन गर्न जाने विद्यार्थीहरुलाई पठाउने भएको छ ।

विहिबार एक कार्यक्रमका बीच जापानिज भाषाको भाषा प्रशिक्षक डम्बर वलीले रिवन काटेर उद्घाटन गरेका हुन् । यस अघि यो इन्स्टिच्युटले उधम बिकास सहज कर्ताको तालिम दिदै आएको थियो भने थप सुविधासहित अब जापानिज भाषा पनि पढाउने भएको छ ।

भ्याली टेक्निकल इन्स्टिच्युटका संस्थापक बिनोद केसीको प्रमुक आतिथ्यता तथा निशान क्षेत्रीको विशिष्ट आतिथ्यतामा रहेको थियो । कार्यक्रममा बोल्दै संचालक निशानले आफुले धेरै बिदेशी संघर्षबाट दुख पाएकोले विद्यार्थीहरुले त्यस्तो दुख नपाउन भनेर नै इन्स्टिच्युट संचालन गरेको बताए । साथै आफुहरुले जिम्मालिएपछी जस्तो परिस्थितिमा पनि सफल बनाएरै छोडने प्रतिबद्धता समेत ब्यक्त गरे ।

जापानमा लामो समय बसेर आएका दक्ष र अनुभवी जापानीज भाषा शिक्षकहरुबाट कलास, साप्ताहिक रुपमा परिक्षा र आवश्यक सल्लाह/सुझाव दिने इन्स्टिच्युटले जनाएको छ । साथै जापानिज भाषा कलास आडियो/भिडियो माध्यामबाट पढाउने भएको छ ।

विधार्थीलाई जापानिज भाषा, परिक्षा र बुकहरु पनि फ्रीमा उपलब्ध गराउने भएको छ । जापान भिषा अप्लाई गर्नको लागि चाहिने सम्पूर्ण डकुमेन्ट कन्सल्टेन्सीले गराईदिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस