स्थानीय सरकारले आवश्यकता भन्दा आफ्ना निकटलाई जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरेको भन्दै रोल्पाको गंगादेव गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता साउन १ गतेपछि नवीकरण नगर्ने भएको छ । असार ३१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतद्वारा जारी गरिएको सूचनामा मन्त्रालय तथा विभागबाट करार सेवा निरन्तरता दिनुभनि परिपत्र भइ आएको बाहेक २०७४ पछि करार सेवामा कार्यरत गाउँपालिकाका स्वास्थ्य. शिक्षा, कृषि, भेटेरिनरी, शाखा इकाई र वडामा कार्यरत तथा ज्यालादारी कर्मचारीको करार सम्झौता नवीकरण नहुने उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष पुनले स्थानीय तहका विभिन्न निकायमा आवश्यकता भन्दा धेरै कर्मचारी भएकोले आबस्यक पर्ने कर्मचारीको मात्रै ब्यबस्थापन गर्न लागेको बताए ।
