• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाउपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम धेरै योजना : नवीन खड्का लिए पहल

रोल्पा २०७९ भाद्र ३० गते बिहिवार

शिक्षा मन्त्रालयले रोल्पा जिल्ला गंगादेव गाउपालिकामा १६ विद्यालयलाई शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको छ । रोल्पा जिल्लामा ८१ बिद्यालय छनौट हुदा गंगादेव गाउपालिका स्थाइ घर भएका शिक्षा मन्त्रीका स्वकिय सचिव नवीन खड्काको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमा १६ वटा विद्यालयहरु छनोट भएका हुन् ।  

शिक्षा मन्त्रालयले निकालेको सूचना अनुसार रोल्पामा १ सय ८६ विद्यालले माग गरेकोमा ८१ विद्यालय छनोट भएको र गंगादेवमा १६ विद्यालय छनौटहुन सफल भएको यूवा नेता तथा विशेष जिल्ला अध्यक्ष नवीन खड्काले जानकारी दिए । उनका अनुसार रोल्पामा खर्चहुने बजेटको २१ प्रतिशत गंगादेवमा खर्च हुनेछ । नेपाल फ्यूजन सघको टेलिफोन संवादमा उनले योजना सिफारिस सहयोग गर्ने गाउँ कार्यपालिकाको विशेष योगदान रहेको पनि बताएका छन ।

सुधार कार्यक्रम अन्तरगत ४ कोठे भवनका लागि प्रत्येक विद्यालयले ५० लाख पाउनेछन् । २ कोठे भवनका लागि २५ लाख, सुचना प्रविधिका लागि प्रति विद्यालयलाई ६ लाख ५० हजारका दरले बजेट परेको छ । 
यो कार्यक्रम स्थानीय पालिकाहरु मार्फत कार्यान्वयन हुने छ ।

प्रतिक्रिया दिनुहोस