सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।
२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पनि एमालेमै थिए। तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गरेका हुन् ।
