त्रिवेणि गाउँपालिका जुगार रोल्पामा बाम-गठबन्धन दलले मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी सभा कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रम नेपाली काग्रेंस लुम्बिनी प्रदेश कमिटी सदस्य टेक बहादुर बस्नेत,को सभाअध्यक्षमा सञ्चालन गरिएको हो ।
चुनावी सभा कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव पुर्व मन्त्री एवम प्रतिनिधि सभा उम्मेदवार बर्षमान पुन , अतिथि नेपाली काग्रेंस लुम्बिनी प्रदेश समिति सभापति एवम रोल्पा क्षेत्र न . २ ( ख ) का उम्मेदवार अमरसिंह पुन मगर , नेकपा माओवादी केन्द्र स्थाइ समिती सदस्य जयपुरी घर्ती , नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढा , नेकपा माओवादी केन्द्र वैकल्पिक केन्द्रीय सदस्य एवम रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा ( घर्ती ) , नेपाली काग्रेंस रोल्पा जिल्ला कार्यसमिति सभापति किशोर आचार्य , नेकपा माओवादी केन्द्र जिल्ला सह-संयोजक गुणेन्द्र घर्ती , नेकपा एकीकृत समाजवादी कि पबित्रा घर्ती ( बुढा ) राष्ट्रिय जनमोर्चा रोल्पा जिल्ला अध्यक्ष मेगनाथ बिष्ट , समानुपातिक उम्मेदवारहरु, लगाएत आमा जनताहरुको उपस्थिति रहेको थियो ।
चुनावी सभा कार्यक्रमलाई बर्षमान पुन र अमरसिंह पुन मगर ले सम्बोधन गर्दै संविधान रक्षाको लागि गठबन्धनको भएको बताउनु भयो ।कार्यक्रम सञ्चालन भने निमाकान्त डागी ले गर्नुभएको थियो ।