• एउटै दृष्टि, भिन्न कोण
  • Search

मन्त्री चाहि कसरी भइस ? चर्चामा मन्त्रीका बुवा संगको कुराकानी…

काठमाडौ २०७९ माघ ३ गते मङ्गलवार

नवनियूक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री माननीय सुदन किराँती ले फेसबुक मार्फत सार्वजनिक बुवाको संगको कुराकानीको चर्चाले शिखर चुमेको छ ।

मन्त्री चाहिँ कसरी भइस ? भन्ने बुवाको प्रश्नमा माननीय सुदन किराँतीले भनेका छन :- “पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।”

आजको फ्यू्जन संजालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीको फेसबुक स्टाटसलाइ लिएका छौ । उहाको फेसबुक स्टाटस जस्ताको त्यस्तै

👉️ डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

प्रतिक्रिया दिनुहोस