• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्व.मञ्जु कुमारी वली को १३औ पुण्यतिथिमा श्रद्धाञ्जली सभा हुने

रोल्पा २०८० बैशाख ३० गते शनिवार

बालकल्याण प्राथामिक बिद्यालयमा कार्यरत शिक्षिका स्व.मञ्जु कुमारी वली को १३औ पुण्यतिथिमा श्रद्धाञ्जली सभा हुने भएको छ। एकिकृत अखिल नेपाल शिक्षक संगठन गंगादेब गाउपालिका रोल्पाको आयोजनामा स्व.मञ्जु कुमारी वलीको गंगादेब ३ रोल्पा स्थित घरमा श्रद्धाञ्जली सभा गर्ने भएको हो ।

मञ्जु कुमारी वली एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्द सदस्य थिइन भने श्री बालकल्याण प्राथामिक बिद्यालय हिलेचौरमा बालबिकास दर्बन्दीमा २०७५ साल देखि कार्यरत शिक्षिका हुन। बिद्यालय परिवारले भोलि १३ दिनको पुण्यतिथिमा शोक बिदा दिने जनाएको छ भने एकीकत अखिल नेपाल शिक्षक संगठनले घरमा पुगेर श्रद्धाञ्जली सभा गर्ने बताइएको छ।

२०४८ साल मंसिर २८ गते सल्यान जिल्लाको कोटबारामा जन्मिएकी मञ्जु ११ बर्ष अघि रोल्पाको गंगादेब ३ कुकुरगारेमा रबिनकुमार वली सँग बैवाहिक बन्धनमा बाधिएकी थिइन। एक्कासि पेट दुख्ने समस्या भएको बताएकी मञ्जुलाई उपचार गर्न नेपालगंज लैजादै गर्दा बैशाख १९ गते बाटोमै निधन भएको थियो। उनका ८ बर्षका एक मात्र छोरा मात्र छन। उनी कक्षा ४ मा पढ्छन ।

प्रतिक्रिया दिनुहोस