• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनीमा मन्त्रीपरिषद बिस्तार : स्वास्थ्य मन्त्रीमा पुन

देउखुरी २०८१ बैशाख ६ गते बिहिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको हो ।

यसअघि विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभएका तीनजना मन्त्रीको जिम्मेवारी तोकिएको छ । माओवादी केन्द्रलाइ मुख्यमन्त्री सहीत थप एक स्वास्थ मन्त्रालय भाग परेको हो । जसमा रोल्पाबाट निर्वाचित माननीय दिपेन्द्र कुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ

नेकपा (एमाले)का चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा (माओवादी केन्द्र)का दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी (जसपा)का भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।


मुख्यमन्त्रीले अरू सात जना मन्त्रीको भने मन्त्रालय तोक्नु भएको छैन । सातजना मन्त्रीले बिहीबार विभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको हो ।
मुख्यमन्त्री महराले एमालेका चार, नागरिक उन्मुक्ति पार्टी र नेकपा एसका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।
नियुक्त हुने विनाविभागीय मन्त्रीमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भूमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, नेकपा एसबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस